शहिद माथेमाको सालिक शिलन्यास


न्युज अफ नेपाल काठमाडौं ।

मंगलबार बिहान काठमाडौं स्थित यंगालालमा अमर शहिद धर्मभक्त माथेमाको सालिक शिलन्यास गरिएको छ ।

काठमाडौं महानगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रमा प्रमुख अतिथ्य कामपाका मेयर विध्या सुन्दर शाक्यले गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा माथेमा समाजका अध्यक्ष नरेश माथेमा, शिक्षाविद् केदाभक्त माथेमा साथै स्थानीयबासीको उपस्थिती रहेको थियो ।

काठमाडौं महानगरपालिका वडा. नम्बर २३ का वडाअध्यक्ष मचाराजा महर्जन र पूर्वमन्त्री प्रयागराज सिंह सुवालको पहलमा बनेको उक्त सालिक परिसरमा खुल्ला पार्क पनि बनाईने भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साक्यले सालिकको संरक्षण र सरसफाईमा उचित ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।