अब्दुल्लाको दाबी


काबुल, (एजेन्सी)।अफगास्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले राष्ट्रपति पदको चुनावमा आफूले जितेको दाबी गरेका छन्। यद्यपि अहिलेसम्म चुनाव नतिजाको आधिकारिक घोषणा भएको छैन।

अब्दुल्ला शनिबार सम्पन्न चुनावमा राष्ट्रपति असरफ घानीका सबैभन्दा निकटतम् प्रतिद्वन्द्वी हुन्। अब्दुल्लाले पत्रकारसँगको वार्तामा भने– ‘यस चुनावमा हामीलाई सबैभन्दा धेरै भोट प्राप्त भएको छ।’

उनले सन् २००९ र सन् २०१४ मा हारको सामाना गरेका थिए। चुनाव आयोगका वरिष्ठ अधिकारी हबिब रहमान नांगले अब्दुल्लाको घोषणाको आलोचना गर्दै यस्तोमा हतार गर्न नहुने बताए।