ह्याकरले स्टोरको स्क्रिनमा पोर्नोग्राफी देखाए

0
Shares

अकल्यान्ड, (एजेन्सी)।खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी एसिक्सले न्युजिल्यान्डको राजधानी अकल्यान्डस्थित आफ्नो एउटा विशाल स्टार बाहिरको स्क्रिनमा घन्टौंसम्म गल्तीवश अश्लील चलचित्रअर्थात् पोर्नोग्राफी प्रसारण हुन पुगेकोमा सोमबार औपचारिक क्षमायाचना गरेको छ।

आइतबार बिहान १० बजे सो पसलका कर्मचारीहरू आइपुग्दासम्म स्टोरको आउटडोर प्रमोसनल स्क्रिनमा लज्जास्पद ढंगले पोर्नोग्राफी प्रसारण भइरहेको थियो। स्पष्टीकरण दिने क्रममा उक्त जापानी स्पोट्र्स कम्पनीले ह्याकरहरूले आफ्नो कम्प्युटर सिस्टममा प्रवेश गरी त्यस्तो निन्दनीय कार्य गरेको बताउँदै र यसबाट असुविधा र मर्का परेका सम्बन्धित सबैसँग क्षमा मागेको छ।

एसिक्सले फेसबुकमा लेखेको छ– ‘एक अज्ञात व्यक्तिले हाम्रो कम्प्युटर प्रणालीमा छिरेर अकल्यान्डको मध्य भागमा अवस्थित हाम्रो स्टोर बाहिरको ठूलो स्क्रिनमा आपत्तिजनक सामग्री प्रसारण गरेको छ। यस्तो स्थिति फेरि नदोहोरियोस् भन्ने उद्देश्यले हामीले सफ्टवेयर र अनलाइन सेक्युरिटी सप्लायर्ससँग आवश्यक सहकार्य गरिरहेका छौं।’

न्युजिल्यान्ड हेराल्डले लगातार ९ घन्टासम्म त्यस्तो अश्लील सामग्री प्रसारण भइरहेको जनाएको छ। यस घटनाबाट केही व्यक्ति स्तब्ध भए पनि केही बटुवा रोकिएर रमाएर प्रसारित सामग्री हेरेर बसेको पनि हेराल्डले जनाएको छ।