सभामुख महराले दिउसो १ बजे राजिनामा दिने !


न्युज अफ नेपाल, काठमाडौ ।

संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको गम्भिर आरोप लागेपछि नेकपाका ‘शक्तिशाली’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा मंगलबार बरिष्ठ नेताहरुको बैठक बसेको छ । सो बैठकमा प्रधानमन्त्री केपी ओलीको भने सहभागिता नरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

तीनकुनेमा भएको उक्त घटनाको बारेमा आफु बलात्कृत भएको आरोप सभामुख महरामाथि लगाउने महिलाको मानसिक अवस्था ठिक नभएपछि औषधी सेवन गर्ने गरेको सरकारी पक्षको दावी छ भने उनले अहिले सम्म प्रहरीमा उजुरी समेत गरेकी छैनन ।

२०४८ साल देखि नै सभामुख महरासंग चिनजान भएकी ती महिलाले अहिले आएर जवरजस्ती करणी गरेको आरोप लगाएपछि अध्यक्ष प्रचण्डले सभामुख महरालाई राजिनामा दिएर घटनाको छानवीनमा सहयोग पु¥याउन आग्रह गरेको बताइएको छ ।

नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन् । नेकपा सचिवालय निकट स्रोतका अनुसार उनले आज १ बजे राजिनामा दिनेछन् ।

बलात्कृत भए भन्ने ती महिलाको बारेमा जानकारी लिन उनको घरमा पुगेको बेला महराले ती महिलालाई हिजो जे भयो त्यो बिषयमा नउचाल्न आग्रह गरेको समेत अडियो बाहिर आएपछि अहिले महरा अफ्ठेरोमा पर्नु भएपछि राजिनामा दिन पार्टी भित्रबाट दवाव आउन थालेको छ ।

भनेको ठाउंमा सरुवामा जान नपाएको अभियोगमा आफुलाई फसाउ खोजेको भन्दै महरा चोखिन खोजेपनि उहांले दिएको अभिब्यक्ती नै विबादास्पद बनेको छ ।

चौतर्फी रुपमा पार्टीमाथि आक्रमण भइरहेको बेला सभामुख महराको घटनाले पार्टीलाई थप क्षतीबाट बचाउन उहांले पदबाट राजिनामा दिन पार्टीका नेताहरुले आग्रह गरेका छन । सभामुख महराले राजिनामा नदिए महाअभियोग लगाउने तहसम्म नेताहरु पुगेको बताइएको छ ।

नेकपाको आपतकालीन बैठक

सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउसो बस्ने भएको छ । बैठकमा सभामुख महरामाथि लागेको आरोपको बारेमा छलफल हुनुको साथै पार्टी एकताको बारेमा समेत छलफल हुने भएको छ ।

सभामुख महरालाई सचिवालय बैठकले राजिनामा दिन आग्रह गर्ने नेकपाका एक नेताले न्युज अफ नेपाललाई जानकारी दिए । बलात्कारको आरोप सार्वजनिक भएपश्चात महराका सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।