भीषण बाढी


नयाँदिल्ली, (एजेन्सी)।भारतको उत्तर प्रदेश राज्य र विहारमा भीषण वर्षाका कारण आएको बाढीमा १ सयभन्दा बढी मानिसले ज्यान गुमाएको सोमबार अधिकारीहरूले बताएका छन्।

बाढीग्रस्त क्षेत्रका थुप्रै दर्दनाक तस्वीर सामाजिक सञ्जालमार्फत भाइरल भइरहेका छन्। अधिकारीहरूले बाढी प्रभावित दुवै राज्यमा रेलवे सेवा, अन्य यातायात साधन, स्वास्थ्य स्याहार सेवा, विद्यालय र विद्युत् आपूर्ति ठप्प रहेको बताएका छन्।

उत्तर प्रदेश सरकारको आधिकारिक विज्ञप्तिमा भने बिहीबारयता ९३ जनाको ज्यान गएको उल्लेख गरिएको छ।