सवारी दुर्घटनामा एकको मृत्यु


धादिङ, (नेस)।बेनिघाट रोराङ गाउँपालिका–५ बाँदरेमोडस्थित पृथ्बी लोकमार्गमा आज सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

चितवनबाट काठमाडांैतर्फ आउँदै गरेको बा३ख ८३१९ नम्बरको स्वराज गाडीले विपरीत दिशातर्फ जाँदै गरेको बा९५प ९७७१ नम्बरको मोटरसाइकललाई टक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुपाल्चोक जिल्ला निवासी २९ वर्षीय राजीब गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो।

मोटरसाइकल चालक इलामका ३० वर्षीय मिलन राईलाई उपचारको लागि राजमार्ग अस्पताल मलेखु भर्ना गरिएको छ।