कालिकोटमा डोजर पल्टिँदा एक जनाको मृत्यु


कालीवहादुर मल्ल,कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–५ स्थित विहानी खोलामा मंगलबार विहान ६ वजे डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

दैलेख ठाँटीकाध गाउँपालिका निवासी ३६ बर्षिय भरत शाहीको घटना स्थलमा मृत्यु भएको हो । विहानीखोलामा रहेको क्रसरमा काम गर्ने शाही डोजर पल्टिँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कर्णाली राजमार्गको अवस्था अझै पनी जिर्ण छ । बर्खायामको पानी संगै सडकको अवस्था नाजुक छ । विहानी खोलामा बा १ प ८९२५ नंबरको डोजर दुर्घटना भएको हो ।