माइक्रो तोडफोड गर्ने पक्राउ


काठमाडौं, (नेस)।काठमाडौं महानगरपालिका–३१ शंखमुलमा पार्किङ गरी राखेको बा४ख २०५६ नम्बरको हाइस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका–८ घर भएका निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका हिमाल खड्का रहेका छन्।

मादक पदार्थ सेवन गरेका उनीहरूले उक्त माइक्रोबस तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। तोडफोडबाट माइक्रो बसको अगाडि र दाहिने साइडको सिसा क्षति भएको छ।