पहाडीलाई मातृ शोक


काठमाडौं, (नेस)।मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीकी आमा राधादेवी दाहालको ७५ वर्षको उमेरमा निधन भएको छ।

उहाँको विराटनगरस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो।मानव अधिकार तथा शान्ति समाजले उहाँको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।

उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्तहोस् भन्ने कामना गर्दछ।