नवरात्रि पूजासहितको यज्ञ आयोजना हुने


काठमाडौं, (नेस)।विश्व प्रसिद्ध ‘द आर्ट अफ लिभिङ’ र सो को सहयोगी संस्था ‘वैदिक धर्म संस्थान नेपाल’ ले नेपालीको महान चाड वडादशैंको अवसर पारेर होम तथा नवरात्री पूजासहित यज्ञको आयोजना गर्ने भएको छ।

पौराणिक वैदिक परम्पराअनुसार विविधरूपमा उक्त यज्ञ असोज १७ गतेदेखि १९ गतेसम्म काठमाडौंको शंखमुल बागमती र मनोहराको दोभानस्थित ‘द आर्ट अफ लिभिङ नेपाल’ को यज्ञ मण्डपमा गरिने संस्थाले जनाएको छ।

उक्त यज्ञको पहिलो दिन असोज १७ गते बिहान साढे आठ बजे महागणेश पूजाबाट शुरू हुने उक्त यज्ञमा सर्वसाधारण सबैले निःशुल्क सहभाग हुन पाउने छन्।

यज्ञमा सम्पूर्ण नेपाली समाज तथा विश्वको उत्थानको लागि संकल्प गरिने कुरा ‘द आर्ट अफ लिभिङ नेपाल’ ले जनाएको छ।