महरामाथि आरोप/खण्डन


काठमाडौं, (नेस)। सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लागेको छ। सभामुख महरामाथि मदिरा सेवन गरी महिलालाई दुव्यर्वहार भएको आरोप लागेको हो।

संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले सधैं आफ्नोमा आइरहने महराले आइतबार साँझ आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाएकी हुन्।

सभामुख महराले भने निज महिलाले आफूमाथि समायोजनको रिस पोखेको दाबी गर्नुभएको छ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार प्रेस विज्ञप्ति जारी गरी उक्त आरोप भ्रामक भएको दाबी गर्नुभएको छ।