सडक छ तर गाडी गुड्दैनन्

0
Shares

लीला सुनुवार, ओखलढुंगा। ओखलढुंगाको सबै गाँउपालिकामा सडक सञ्जालले जोडिएको भए पनि वर्षातको बेला गाडी गुड्न नसक्दा दशंैको मुखमा यात्रुहरू मारमा परेका छन्।

ओखलढुंगाका सबै गाँउपालीका जोडिएको सडकहरू पिच हुन नसक्दा याहाका सबै गाँउपालीका बाट अन्य ठाउमा आवात जावात गर्ने यात्रुहरूले सास्ति खेप्नु परेको हो।

८ ओटा स्थानीय तह रहेको यस जिल्लामा ओखलढुंगाको घुर्मी ओखलढुंगा जोड्ने सिद्धिचरण राजमार्गबाहेक अन्य साहायक मार्गहरू अझैसम्म पिच हुनसकेका छैन्न।

प्रत्येक गाँउपालिका मात्रै नभएर वडा वडासम्म सडक खनिएको छ तर सडकको स्तरोउन्नति नगरिदा याहाका प्राय सबै सडक हरू बर्षात हुदा ठप्प रहन्छन।

स्थानिय तहको पुर्नसंरचना सँगै बिकाशको मेरुदण्ड मानिएको सडकको दिगो विकास हुने आशा याहाँका स्थानीयहरूले राखेका थिए।

संघीयता आयो, स्थानीय तहको पुनर्संरचना भयो तर विकास हुन सकेन सडकको अवस्था त झन जस्ताको त्यस्तै छ खिजीदेम्बा गाउँपालिका निवासी इन्द्र घिसिङले दुखेसो पोखे।

सडक पिच नहँुदा यहाँका यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सडकको अवस्था नाजुक छ कही चिप्लो छ त कही सडक भास्सिएको छ गाडी एकातिर कुँदाउन खोज्यो अर्काे तिर मोडिन्छ जिप चालक कर्मा शेर्पाले डरलाग्दो अनुभव सुनाए।

गाउँपालिकाले सडक खन्दा दिगो विकासको अवधारणालाई व्यवास्ता गरेको कारणले पनि यहाँका अधिकांश सडकहरू दिगो सञ्चालन हुन नसकेको सञ्चारकर्मी नवराज कार्कीले बताए।

आवश्यता हो भन्दैमा जथाभाबी पहिरो जाने गरी जमिन भत्काएर सडक खन्न नहुने र दीर्घकालीन सोच राखेर सडक मर्मत र निर्माण नगरेसम्म समस्या समाधान नहुने सञ्चारकर्मी कार्कीले बताए।

यहाँका स्थानीय तहमा निर्माण गरिएको सडक मर्मत गर्ने परिपाटी नभएकाले पनि सडक दिगोरूपमा सञ्चालन हुन सकेका छैन्न। सडक मर्मतको नाममा खनेर झन हिलो पारिएको देखिन्छ।

स्थानीय तहका जनप्रतिनिधि दिगोरूपमा सडक मर्मत गर्नेतिर भन्दापनि सडक सञ्जाल विस्तारमै जोडतोडका साथ लागी परेको देखिन्छ। सडक मर्मतनै गरे पनि चाड पर्वलक्षित सडक मर्मत गर्ने परिपाटीले झन् समस्यालाई दिगोरूपमा गाँजेको देखिन्छ।