छुट्टाछुट्टै दुर्घटनामा परी दुई को मृत्यु


सीताराम अधिकारी, धादिङ ।

पृथ्वीराजमार्गको धादिङ खण्डमा आज भएको छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काण्माण्डौबाट गोरखातर्फ जाँदै गरेको बा ८७ प ४६३ नं.को मोटरसाईकल र गजुरीबाट काठमाडौतर्फ जादै गरेको बा २ ख ३४९१ नं.को ट्रिपर एक आपसमा गजुरी गाउँपालिका५ घाटबेसीमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला गोरखा जिल्ला सुलिकोट गाउँपालिका–८ का २५ वर्षीय राजेश पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नाउव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।

दुर्घटनामा घाइे भएका पनेरुको उपचारका लागि गजुरी तर्फ लाँदै गर्दा बाटोमै मृयु भएको थियो ।

यसैगरि बेनिघाट रोराङ गाउँपालिका–५ बांदरेमोड स्थित पृथ्बी लोकमार्गमा आज बिहान सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाण्डौतर्फ आउदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले बिपरित दिशातर्फ जादै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाइकललाई टक्कर दिँदा मोटरसाइकलको पछाडी बस्ने सिन्धुपालचोक जिल्ला निवासी २९ वर्षिय राजिब गुरुङको मृत्यु भएको थियो ।

मोटरसाइकल चालक ईलामका ३० वर्षिय मिलन राईलाई उपचारको लागी राजमार्ग अस्पताल मलेखु भर्ना गरिएको छ ।