दुव्र्यवहार गर्नेलाई कारवाही गर्न माग   


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल चिकित्सक सङ्घले सङ्घका आजीवन सदस्य प्राध्यापक चिकित्सक भोलाराज जोशीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । उपचारकोे विषयलाई लिएर चिकित्सक जोशीमाथि चावहिलस्थित ओम अस्पतालमा दुव्र्यवहार तथा मानमर्दन भएको थियो ।

सङ्घका महासचिव चिकित्सक लोचन कार्कीद्वारा आज जारी विज्ञप्तिमा नेपालका चिकित्सा शिक्षामा योगदान पुर्याउनुभएका जोशीमाथि अस्वाभाविक र अतिरञ्जित रुपमा गरिएको दुव्र्यवहारप्रति सङ्घले खेद व्यक्त गरेको छ । साथै घटनाको सत्यतथ्य छानबिन गर्न र दोषिमाथि कानूनी कारवाही गर्न सङ्घले माग गर्दै चिकित्सकलाई भयरहित रुपमा काम गर्ने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
रासस