मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलनमा उत्रिए


न्युज अफ नेपाल, चितवन ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलनमा उत्रिएका छन् ।

सरकारले तोकेको भन्दा बढी लिएको शुल्क असोज १० गते भित्र फिर्ता गर्ने गरी प्रतिवेदन तयार पार्ने सहमति भएको थियो ।
सोही सहमती पालना नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुबाट लिएको रकमको पुरै विवरण नदिएको भन्दै विद्यार्थीहरुले आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए ।

आज विद्यार्थीहरुले चितवन मेडिकल कलेज अगाडी विरोध सभा गरेका छन् ।