भारतले खुल्ला दिसामुक्त मुलुक घोषणा गर्दै,


नयाँ दिल्ली ।

स्वच्छ भारत अभियान चलाएका भारतीय प्रधानमन्त्री नरेन्द मोदी भारतमा खुल्ला दिसा अन्त्य भएको घोषणा गर्ने तयारी गरिरहेका छन्। उनले खुल्ला दिसामुक्त मुलुक घोषणा गर्ने तयारी गरिरहँदा भारतमा उनको स्वच्छ भारत अभियानले हिंसा र उत्पीडनलाई बढावा दिएको आरोप लगाइएको भारतिय सन्चार माध्यमले लेखेको छ।

भारत सरकारका अनुसार प्रधानमन्त्री मोदीले आफ्नो गृह प्रदेश गुजरातबाट एक कार्यक्रममार्फत आगामी बुधवार खुल्ला दिसामुक्त मुलुक घोषणा गर्दैछन्। सो कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिनिधि तथा २० हजार गाउँ प्रमुखहरु उपस्थित हुने बताइएको छ।

मोदीले स्वच्छ भारत अभियान सफल भएको दाबी गरिरहँदा त्यसले हिंसा र उत्पीडनलाई बढावा दिएको वास्तविकतालाई भने लुकाउने प्रयास भएको कुरा पनि उठिरहेको छ। गतहप्ता मात्रै दुई कथित तल्लो जातका बालबालिकालाई खुल्ला दिसा गरेकै आरोपमा हत्या गरिएको थियो।

सन् २०१४ मा स्वच्छ भारत अभियान सुरुवात गरिएको थियो। ५ वर्षको यो अवधिमा १० करोडभन्दा बढी शौचालय निर्माण गर्ने योजना पनि अघि सारिएको थियो। स्वच्छ भारतको प्रचारप्रसार अभियानमा राजनीतिज्ञ र बलिउड स्टारहरुको पनि सहभागिता रहेको थियो। यो अभियान अन्तर्गत ग्रामीण भेगका स्कुले बालबालिकाले पनि खुल्ला दिसामुक्तको फाइदाबारे गीत गाउँदै र्‍याली गरेका थिए। सरकारी तथा अन्य तहबाट भएका अध्ययनले पनि भारत खुल्ला दिसामुक्त भएको देखाएका छन्।

शौचालय निर्माण कार्यक्रमले भारतमा सरसफाइमा पनि सुधार भएको छ। श्रम अर्थशास्त्र संस्थानले चार प्रदेशमा गरेको स्वतन्त्र अध्ययनले अभियान सुरु भएदेखि २०१८ सम्ममा ७० प्रतिशतसम्म खुल्ला दिसामुक्त भएको देखाएको थियो। पहिलेभन्दा अभियान शुरु भएपछि ४ प्रतिशत छिटो खुल्ला दिसामुक्त भएको बताइएको छ।

अभियानका कारण शौचालयको प्रयोगमा नाटकीय वृद्धि भएको एक अध्ययनकर्ताले बताए। ग्रामीण भेगमा शौचालयको प्रयोग ९३.४ प्रतिशत रहेको उनले बताए। तर केही विज्ञ तथा प्रतिपक्षी पार्टीहरुले भने सरकारको लक्ष्य पूरा भएको देखाउन तथ्यांकमा छेडखानी गरिएको आरोप लगाएका थिए।

एजेन्सी