जोशीको जन्म शताब्दीमा रक्तदान


न्युज अफ नेपाल, ललितपुर ।

श्री शान्ति विद्यालय मा.वि लोहलले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयका संस्थापक वाङमय शताब्दी पुरुष एंव वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी वर्षभरि विभिन्न कार्यक्रम गरी आयोजना गरी मनाउने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

पाटन दरबार क्षेत्रस्थित महारानी पूखुमा आयोजना गरेको कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीले जानकारी दिनुभयो ।

बिहान ९ बजेदेखि २ बजेसम्म रक्तदान गर्ने अवधि तोकिएको थियो ।यस अघि विद्यालयले जिल्लाका सार्वजनिक विद्यालयहरुबीच हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको थियो । संस्थापक जन्म शताब्दी मनाउन विभिन्न रचनात्मक गतिविधि तय गरिएका विद्यालयका प्रधानाध्यापक हरिदेव यादवले बताउनुभयो ।

२००७ को राजनीतिक क्रान्तिपछि मानिसहरुलाई शिक्षित बनाउन जोशीको अगुवाईमा सो विद्यालय स्थापना गरिएको थियो ।