जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ : नेम्वाङ


न्युज अफ नेपाल, इलाम ।

पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उहाँले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए ।

इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उहाँको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उहाँले बताए । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, उहाँले भने, “अहिले कति विकास भएको छ आफै देख्न सकिन्छ ।” जिल्लका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उहाँको भनाइ थियो ।