अब नेपाल खुल्ला दिसामुक्त राष्ट्र


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । उक्त अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाइ छ ।

खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना रहेको छ ।