नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडाैँ । नेपाललाई एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन सबैलाई आह्वान गरेका छन् । यसका साथै सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता भएको ओलीले बताउका छन् ।

सन् २०११ मा सूरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक खुला दिसामुक्त जिल्ला कास्की घोषणा भएको थियो । यस्तै नेपाल दक्षिण एशियाकै खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने पहिलो देश बन्न सफल भएको छ ।