टेबलटेनिस खेलाडी छनोट


नेपाल समाचारपत्र, काठमाडौं।नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ। पुरुष/महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन्।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, एपीएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश–३ का संयोग कपाली तथा प्रहरीका सुनील महर्जन क्रमशः शीर्ष पाँच स्थानमा रहँदै छनोट भए।

महिलामा शीर्ष ५ मा रहँदै छानिनेमा क्रमशः प्रहरीकी नविता श्रेष्ठ, नेपाल आर्मीकी रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन तथा एपीएफकी सिका सुवाल छन्।

पुरुषतर्फ नम्बर वान खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण अन्तिम छनोटमा सहभागी हुन पाएनन्। ‘फिट’ भएको खण्डमा श्यान्टुले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनीलसँग पुनः छनोट खेल्न अवसर पाउने प्रथम उपाध्यक्ष बज्राचार्यले जनाएका छन्।