उज्ज्वल तारा दौड सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं। उज्ज्वल तारा स्कुल काँडाघारीको आयोजनामा विविध सन्देशमूलक कार्यक्रमसहित दौड ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ भव्यतापूर्वक सम्पन्न भएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र प्रतिष्ठाका रूपमा विगत तीन वर्षदेखि यो दौड आयोजना गर्दै आइएको छ। कार्यक्रममा नेपालको पुराना धावकद्वय जितबहादुर केसी र विमला राना मगरलाई जनही नगद ११ हजार १ सय ११ रुपियाँसहित उज्ज्वल तारा खेल सम्मानद्वारा सम्मान गरिएको थियो।

महिला र केटाकेटीका लागि ३ किलोमिटर, पुरुष तथा बहालवाला र सेवानिवृत्त सुरक्षाकर्मीका लागि ५ किलोमिटर दूरी दौडको साथै ६० वर्षको उमेरमाथिका महिला पुरुषका लागि ३ किलोमिटर हिँड्ने व्यवस्था मिलाइएको र यसका लागि १४ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने धावकका लागि पदक, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको थियो।