नयाँ खोज


बेइजिङ, (एजेन्सी)।चिनियाँ चन्द्र रोवर युटु–२ अर्थात् जेड र्याबिट–२ ले चन्द्रमाको पछाडिको गोलाद्र्ध ‘डार्क साइड’ मा एक अज्ञात पदार्थ रहेको पत्ता लगाएका छन्।

चीनको चन्द्र अन्वेषण र राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार यो खोज युटु–२ को नवौं चन्द्र दिनका क्रममा गरेको हो।

चीनस्थित नियन्त्रण कक्षका नियन्त्रकहरूले एक ड्राइभिङ रुट तयार गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

यो इम्प्याक्ट क्रेटर वा प्रहार क्रेटरको गहिराई र यसमा निस्कने पदार्थको अनुसन्धान गर्ने योजनाअनुरूपको हो। रोवरले चन्द्र सतहमा अर्धतरल अर्थात् लेदो अवस्थाको उक्त पदार्थ फेला पारेको हो।