मध्यावधि चुनाव


भियना, (एजेन्सी)।अस्ट्रियामा आइतबार मध्यावधि आम चुनाव शुरू भएके छ। गत मे महिना एउटा स्टिङ स्क्यान्डलका लागि तयार पारिएको एक भिडियोकै कारण गठबन्धन सरकार ढलेको थियो।

प्रारम्भिक मत सर्भेक्षणअनुसार पूर्वचान्सलर सेवासियन कुर्जको कन्जरभेटिभ पिपुल्स पार्टीले अधिकांश मत जित्ने सम्भावना देखिए पनि सरकार बनाउन त्यसालाई अन्य पार्टीको सहयोग चाहिने देखिएको छ।

यस चुनावी दौडमा सोसियल डेमोक्रेट्स, अति दक्षिणपन्थी फ्रिडम पार्टी, दि ग्रिन्स र लिवरल पार्टी पनि रहेका छन्। गठबन्धन सरकारको सहमतिका लागि पनि लामो समय लाग्ने बताइएको छ।