लघुवित्त बैंकर्स संघमा लम्साल


नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष बसन्तराज लम्साल चुनिनुभएको छ। संघको १३औं अधिवेशनले लम्साललाई निर्विरोध निर्वाचित गरेको हो। आगामी २ वर्षे कार्यकालका लागि उहाँ चुनिनुभएको हो।उहाँ विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ।

यसैगरी अधिवेशनले फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ। यस्तै ओमेन माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रवेश आचार्य सचिवमा निर्विरोध चयन गरेको छ।