सेफ पक्राउ


रोम, (एजेन्सी)।एक जना सिसिलियन टेलिभिजन सेफलाई लागूऔषध कारोवारमा संलग्न रहेका आशंकामा गिफ्तार गरिएको इटालियन सञ्चारमाधयमले आइतबार जनाएको छ।

प्रहरीले उनको घरबाट गाँजा बरामद भएको दाबी गरेको छ। कार्मेलो चिरामोन्ते नामक ती सेफको घरबाट दुईवटा ठूलो गाँजाको बोट र एक किलोग्राम भारतीय गाँजासहित पक्राउ गरिएको हो।

पूर्वी सिसिलीको क्याटानिया नजिकको उनको निवासबाट गाँजा मिसाइएका वाइन, कफी र टुना माछा पनि भेटिएको बताइएको छ। सेफले भने प्रहरीलाई नयाँ बास्ना पत्ता लगाउन अनुसन्धान गरिरहेको बताएका छन्।