प्युठानमा पनि यात्रु सहायता कक्ष सञ्चालनमा


सलिम अन्सारी,प्यूठान। जिल्ला प्रहरी कार्यालय प्युठानले नजिकिँदै गरेको दशैं, तिहार एवं छ्ठ पर्वमा यात्रुको सहजताका लागि प्रहरी सहायता कक्ष सञ्चालनमा ल्याएको छ।

प्यूठान जिल्लाको खलंगा बसपार्क, बाग्दुला चोक, चकचके देविस्थान तथा जुम्री बसपार्कमा यात्रुको गुनासो सुन्न सहायता कक्ष संचालन गरिएको हो।

बाटोमा अलपत्र परेका यात्रुहरुलाई गन्तब्यमा पुग्न मद्धत गर्ने, यात्रुहरुको गुनासो सडकमै सुन्ने र समाधान गर्ने तथा यात्रुहरुलाई सुरक्षित यात्राको अनुभुति गराउने उदेश्यका साथ

प्रहरी सहायता कक्ष संचालनमा ल्याइएको प्रहरी निरिक्षक लोकेन्द्र जिसीले बताउनुभयो।चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने,यात्रुलाई दुर्व्यबहार गर्ने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि प्रहरी सहायता कक्ष सञ्चालनमा ल्याईएको उहाको भनाई छ।

सहायता कक्षमा ट्राफिक सहितका प्रहरी खटाईएको छ।दशैंका लागि घर फर्केका नागरिकहरु समस्यामा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर प्रहरी सहायता कक्ष सञ्चालनमा ल्याइएको बताईएको छ।

प्यूठान भएर बाहिरिने तथा प्यूठान हुदै रोल्पा तर्फ जाने यात्रुलाई यस्ता कुनै समस्या पर्न गएमा तत्काल प्रहरी सहायता कक्ष वा जिल्ला प्रहरी कार्यालय प्यूठानको कन्ट्रोल रुमको सम्पर्क नं. ९८५७८९००८० वा १०० मा सम्पर्क गर्न प्रहरी निरिक्षक जिसीले आग्रह गरे।आफूहरू चौबिसै घण्टा सेवामा समर्पित रहेको उहांको भनाइ छ।प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ।