पाठेघर क्यान्सर रोगसम्बन्धी जनचेतना


काठमाडौं, (नेस)।काठमाडौं स्थित सतुंगलमा उमती महिला विद्यालय तथा आधार महिला समूहले महिलाका लागि स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल अर्वुद्ध रोग निवारण संस्था काठमाडौं जिल्ला शाखा र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको सहकार्यमा सम्पन्न गरिएको उक्त जनचेतना कार्यक्रममा महिलाहरूको पाठेघर क्यान्सर रोगको बारेमा तथा समस्या समाधानका उपायको बारेमा छलफल गरिएको थियो।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर, हरिसिद्धिका वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. अनु शाक्य र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रफुल्ल शाक्यले स्तन क्यासन्सर रोग तथा समस्या समाधानका उपायहरू प्रस्तुत गर्नुभएको थियो।

संस्थाका अध्यक्ष अजय सिंह सुवालले यस्ता स्वास्थ्य शिविरले सहरी तथा ग्रामीण भेगका महिलामा निकै सहयोग पुग्ने बताउनुभयो।

स्वास्थ क्षेत्रमा उल्लेखीय काम गर्दै आएको अर्वुद्ध रोग निवारण संस्थाले जनचेतनामूलक कार्यक्र्रमका अलावा पाठेघर क्यान्सर रोग पहिचान गर्ने यस्ता शिविर सञ्चालन गर्दैआएको छ।