मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


पर्वत(नेस) । पर्वत मोदीकाली व्याडमिन्टन संघ कुश्माको आयोजनामा मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।बिजयादशमीको पुर्व सन्ध्यामा आयोजित प्रतियोगिताको सिनियर तर्फको खेलमा कृष्णबहादुर घर्ती मगर र लोकबहादुर खत्रीको जोडीले प्रथम स्थान हासिल गरेको छ ।

घर्ती मगर र खत्रीको जोडीले हरिओम लामिछाने र नुनबहादुर थापाको जोडीलाई २–० सोझो सेटमा पराजित गर्दै उपाधी जितेको छ । जुनियर तर्फको खेलमा छविलाल सुवेदी र सुरज बस्नेतको जोडी प्रथम भएको छ ।

सुबेदी र बस्नेतको जोडीले यामनाथ पौडेल र दयाराम अधिकारीको जोडीलाई २–० सेटमा नै पराजित गर्दे उपाधि आफ्नो पोल्टामा पारेको हो ।

प्रतियोगितामा सिनियर तर्फ १० र जुनियर तर्फ ९ वटा जोडीले प्रतिष्पर्धा गरेको पर्वत मोदीकाली व्याडमिन्टन संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुनिल भुषाललले जानकारी दिनुभयो ।बिजयी टिमलाई प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पुरस्कार र प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

कार्यक्रममा पर्वतका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, नेकपाका जिल्ला सचिबालय सदस्य बिमल लामिछाने, पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।