सडक दुर्घटना न्युनीकरणका बारेमा छलफल

0
Shares

जाजरकोट, (नेस)।जाजरकोटमा सडक दुर्घटना न्युनीकरण गर्नको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटले सरोकारवालासँग भेरी नगरपालिका–४ शान्तिचौतारमा रहेको बसपार्कमा आइतबार कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटको आयोजना र स्थानीय यातायात व्यवसायी समितिको समन्वयमा सवारी चालक, सहचालक र सरोकारवाला निकायलगायत यात्रुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

जाजरकोट सदमुकाम खलंगास्थित शान्ति चौतारा बसपार्कमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।