झन्डै सात लाख फर्किसके गाउँ


काठमाडौं, (नेस)।बडादशैंं आइतबारदेखि शुरू भएसँगै सो चाड मान्न गाउँ जानेको सङ्ख्या बढ्न थालेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्यांंकअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म झन्डै ६ लाख ८९ हजार ५ सय ७१ जना उपत्यकाबाट बाहिरिइसकेका छन्।पछिल्लो २४ घन्टाको तथ्यांकले भने १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौंबाट गाउँ गएको देखाएको छ।

यस्तै ८८ हजार ८० सवारीसाधन उपत्यकाबाट बाहिरिएको सोही तथ्यांकले देखाएको छ।महाशाखाका प्रवक्ता रविकुमार पौडेलले यो सङ्ख्या क्रमशः बढ्दै जाने भएकाले सार्वजनिक गरिने बताउनुभयो।