नेकपाको चियापानमा एक लाखलाई निम्तो


काठमाडौं, (नेस)।सत्तारूढ दल नेकपाले असोज २९ गते दशैं–तिहार, नेपाल संवत्, इद, ल्होसार र छठको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

नेकपाले यस वर्ष चियापान कार्यक्रमका लागि १ लाख कार्ड बाँड्ने भएको छ। राजधानीको प्रदर्शनीमार्गमा आयोजना हुने चियापान कार्यक्रममा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्च पदस्थ कर्मचारीलाई निम्तो गरिने भएको छ।

नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने बताउनुभयो। गतवर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो।