खुकुरी प्रहारबाट एक युवा घाइते


न्युज अफ नेपाल, रसुवा ।

पश्चिमी रसुवाको हाकुमा खुकुरी प्रहारबाट आज एक युवा घाइते भएका छन् । आमाछोदिङ्मो गाउँपालिका–१ ठूलोहाकुका ३५ वर्षीय मिङ्मार सिङ्गी तामाङ घाइते भएका हुन् ।

उनलाई टाउकामा गम्भीर चोट लागेकाे छ । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएकाे छ । खुुकुरी प्रहार गर्ने सोही ठाउँका ५६ वर्षीय सिंहबहादुर तामाङ रहेका छन् । सिंहलाई प्रहरीले नियन्त्रमा लिइ थप अनुसन्धान गरिरहेकाे छ ।