चीन र रूसबीचको सम्बन्धमा नयाँ अध्याय शुरू हुनेः चिनियाँ विदेशमन्त्री   


बेइजिङ । चीन र रूसबीचको सम्बन्धमा द्विपक्षीय सम्बन्ध नयाँ शिराबाट प्रारम्भ गरिने चीनका विदेशमन्त्री वाङ यीले आइतबार बताउनुभएको छ ।

वाङले उक्त भनाई चीन–रूसबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ बर्षगाँठका अवसरमा आयोजित एक कार्यक्रमबीच राख्नुभएको हो ।

विशेष मित्रताको स्थापना दिवसका अवसरमा गरिएको समारोहमा चीन र रूसबीचको लामो मित्रवत यात्रालाई अविश्मरणीय भन्दै यसलाई नयाँ प्रकारको सम्बन्ध र साझा जिम्मेवारीका रूपमा विकास गर्दै अघि बढ्ने वाङले बताउनुभयो ।

दुवै पक्षले सहकार्यलाई मजबुत पार्ने, बहुपक्षीयताको रक्षा गर्ने र संयुक्त राष्ट्रसंघको बडापत्रको लक्ष अनुरूप साझा जिम्मेवारीसहित अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा चीनका लागि रूसी राजदूतले चीन–रूसबीचको सम्बन्धको चर्चा गर्नुभएको थियो ।

चीन र रूस इतिहासमा निकै राम्रो सम्बन्धका साथ अघि बढ्दै आएको र दुबै मुलुकले नयाँ युगका लागि बृहद् रणनीतिक साझेदारी विकास गरिरहेको पनि उक्त अवसरमा वाङले बताउनुभयो ।
रासस/सिन्ह्वा