दशैं‌मा सरकारले बेच्ने खसीबोका काठमाडौं आइपुगे


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले दशैंका लागि बिक्री गर्न खरिद गरेको खसी बोका काठमाडौं आइपुग्न लागेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका अनुसार थोरै मात्रामा खसी र च्यांग्रा सोमबार बिहान काठमाडौं आइसक्ने छन् ।

सोमबार बिहान मन्त्रालयमा बस्ने बैठकले खसी बोका र च्याग्रांको मूल्य तोकिने छ। हेटौंडामा किनेको जिउँदो खसीको मूल्य प्रतिकिलो पाँच सय ७० र दाङमा किनेको प्रतिकिलो पाँच सय ३५ रुपैयाँ छ । त्यस्तै म्याग्दीबाट ल्याइने च्यांग्राको जिउँदोको खरिद मूल्य प्रतिकिलो करिब सात सय परेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ढुवानी खर्च समेत जोडेर हेर्दा केही महँगो लागत परे पनि घाटै खाएर भए पनि खसी र बोका सहुलिय तदरमा बिक्री गरिने छ । सरकारले यस वर्ष खाद्य व्यवस्था तथा व्यपार कम्पनीमार्फत काठमाडौंमा ३ हजार खसी बोका तथा च्याग्रां बिक्री गर्न लागेको हो ।