चर्को भाडा बृद्धि गरेको भन्दै व्यवसायीहरुले गरे बिरोध 


सलिम अन्सारी, प्युठान ।

बिद्यालयले चर्को भाडा वृद्धि गरेको भन्दै व्यवसायीहरुले बिरोध जनाएका छन् । प्युठानको सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडा बजारमा रहेको सार्वजनिक जग्गामा घरटहरा ठड्याएर बर्षौँदेखि ब्यापार ब्याबसाय संचालन गर्दै आएका ब्याबसायीहरु स्कुलले वृद्धि गरेको नया भाडादर नमान्ने भन्दै बिरोधमा उत्रीएका हुन्।

स्थानिय जनता माबि ले बिद्यालयसंचालनका लागि भन्दै बर्षौ देखि आफूअनुकूल सार्वजनिक जग्गा भाडामा लगाउँदै आएको छ । उनीहरुले स्कुलले वृद्धि गरेको भाडादर मान्य नहुने भन्दै न्यायका लागि सम्बन्धित निकायसँग गुहार मागेका छन् ।बडडाडाँमा सार्वजनिक जग्गामा बसोबास गरिरहेका २७ घरधुरीका स्थानिय न्याय माग्दै आज सरुमारानी गाउपालिका कार्यालयमा पुगेका हुन् ।

अघिल्लो वर्षको तुलनामा एक सय देखि तीन सय प्रतिशत सम्म बिद्यालयले भाडादर वृद्धि गरेपछि उचित भाडा दर कायम गरिदिन आग्रह गर्दै गाउँपालिका सम्म पुगेको संघर्ष समितिका संयोजक बासुँदेव गिरीले बताए । भाडा तिर्दैनौ भनेका छैनौ,उनले भने, ‘उचित भाडादर कायम हुन पर्यो, अहिले स्कुलले तोकेको भाडादर कुनै हिसावले पनि बैज्ञानिक छैन। यो भाडादर अत्याधिक चर्को भयो’ उनले भने।

बिध्यालय ब्याबस्थापन समितीले यश अघि वर्षमा ५ प्रतिशतका दरले भाडा बढाउने निर्णय गरेको छ । तर बिद्यालयले आफैले गरेको निर्णयलाई उल्लङघन गर्दै व्यवसायीमाथि अन्यायपूर्वक ढंगले भाडा वृद्धि गरेको संयोजक गिरीले गुनासो गरे । उता, गाउँपालिकाले भने उचित भाडादर कायम गर्न बिद्यालयलाई निर्देशन दिएको छ।दशै लगत्तै आमभेला बोलाएर समस्याको सामाधान गर्न निर्देशन दिइएको गाउपालिका श्रोतले बताएको हो।

सार्वजनिक जग्गामा बसिरहेका व्यवसायी बेल बहादुर गाहले स्कुलले चर्को भाडा तोकेर चिठी पठाएको गुनासो गरे । यश अघि मैले प्रती महिना ४ सय ५० रुपैयाँ तिर्थें उनले भने अहिले १५ सय रुपैया तोकेर स्कुलले पत्र पठाएको छ। त्यस्तै यश अघि ७ सय ६० रुपैयाँ भाडा बुझाउदै आएका बड्डडाका स्थानिय राम अबतार गुप्ता(कल्लु)ले पनि बिध्यालयले ४१ सय रुपैया भाडा तोकेर पत्र पठाएको सुनाए।

घरमा आम्दानिको श्रोत छैन, मजदुरी गरेर खाएका छौँ गुप्ताले भने, अब यति धेरै भाडा कसरी तिर्न सकुँलारु साझ बिहान छाक टार्न समेत धौधौ भएका बेला बिद्यालयको महङ्गो भाडादरले आफू समस्यामा परेको गुप्ताले बताए । स्कुलको मनोमानीले लाखौ लगानी जोखिममा परेको व्यवसायीले बताएका छन् । व्यवसायी असुरक्षित भएकाले तत्काल सरोकारवालाले समस्या समाधान गर्नुपर्ने मत व्यवसायीको छ । बिधालयले बार्षिक ३ लाख भाडा असुल्दै आएको बताएको छ।