पेस्तोल र लागुऔषधसहित दुई पक्राउ


न्युज अफ नेपाल, इनरुवा ।
प्रहरीले पेस्तोल र लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरीलाइ पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

भारतबाट अवैध रुपमा हतियार र लागुऔषधसहित नेपालतर्फ आउँदै गर्दा जाँच गर्ने क्रममा उनीहरुलाई बर्जु गाउँपालिका–३ अमडुवाबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयेग गरिने म्याग्जिन तीन थान तथा विभिन्न लागुऔषध बरामद गरिएको छ ।