ट्रयाक्टर दुर्घटना हुँदा एक को मृत्यु, ११ घाइते


न्युज अफ नेपाल, रुपन्देही ।

रुपन्देहीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बृद्धाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाँउपालिका–३ का ६० बर्षीय गायत्री चौधरीको मृत्यु भइको हो ।
मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम पश्चात आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

लु ३ त ४३९४ नं. को ट्रालीट्रयाक्टर गैडहवा–३ गोबडउरी जाने बाटोमा अनियन्त्रित भई पल्टिएपछि च्यापिएर बृद्धा चौधरीको घटना स्थलमै मृत्यु भएको हो । घाइते हुनेमा गैडहवा–३ कि ६५ वर्षीय निशा चौधरी, १७ वर्षीय सुग्रीम हरिजन, १० वर्षीया महिमा कोहाँर लगायत ११ जना रहेका छन् ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरि उपचारका लागि मेडिकल कालेज भैरहवा पठाउनुका साथै फरार ट्रयाक्टरधनी र चालकको खोजी भैरहेको जनाएको छ । २५ जना महिला र पुरुष बोकेर हिँडिरहेको ट्रयाक्टरले तीब्र गतिमा ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानीय र प्रहरीको भनाई छ ।