कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि आक्रमण

नेपाल तरुण दलद्धारा दोषीमाथि कारवाही गर्न माग


न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास भएको भन्दै नेपाल तरुण दलले दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ ।

आइतबार तनहुँको रिसिङ गाउँपालिका शिलान्यास गर्न जाने क्रममा चिर्पट र बियरको बोतलसहित बाटोमा उभिएर नेकपाका कार्यकर्ताले रिजालमाथि आक्रमण प्रयास गरेका थिए ।

सो घटनाको भर्त्सना गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेकपाका कार्यकर्ताले देखाएको त्यस्तो मण्डले र फासिस्ट शैलीको विरोध गर्छौं । यदि यस्तो फासिस्ट र आततायी र आक्रमणका क्रियाकलाप देखाएमा तरुण दलले त्यस खालका कार्यको सशक्त प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न हुने जुनसुकै खालको परिस्थितीको जिम्मेवार यही सरकार हुनेछ ।’