टिपरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु


न्युज अफ नेपाल, मोरङ ।

मोरङमा टिपरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका–६ का ९ वर्षीय लुकाश थपलिया रहेको प्रहरीले बताएको छ ।

उत्तरबतछ दक्षिणतर्फबाट आउँदै गरेको को१ख ६२७३ नम्बरको टिपरले उनलाई आइतबार दिउँसो ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।