राजनीतिक परिर्वतनमा दलित समुदायको महत्वपूर्ण भूमिका छःपूर्व प्रधानमन्त्री नेपाल


न्युज अफ नेपाल, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालका हरेक राजनीतिक परिर्वतनमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालले काठमाडौमा आज गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै जातजाती, वर्ग र समुदायको समानताका लागि सामन्ती चलन र संस्कार अन्त्य गनुपर्ने धारणा राख्नुभयो ।

उहाँले हरेक समुदायमा रहेका विकृति र विसंगति अन्त्यका लागि सवै वर्ग, धर्म, जातजाती र समुदाय एकजुट हुनुपर्ने बताउनुभयो ।