बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेवाको शुभारम्भ


यमलाल भुसाल,बुटवल ।

छाला रोगको उपचार गर्ने गरी प्रदेश पाँचको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर स्थापना गरिएको छ । छाला, कपाल, योनरोग लगायत छालासंग सम्बन्धित रोगहरुको उपचार गर्ने उद्देश्यले लेजर सेन्टरको स्थापना गरिएको सञ्चालक हेमलाल ज्ञवालीले जानकारी गराउनु भयो ।

बुटवलको रामनगरमा सञ्चालन गरिएको लेजर सेण्टरको आइतबार प्रदेश पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक समारोका बीच उद्घाटन गल्दै स्वास्थ्य सेवाको पहुंचलाई दुरदराजमा पुराएर जनताको सेवा गर्नुपर्ने बताउनु भयो ।

मन्त्री वरालले चिकित्सा विज्ञानले सफलता हासिल गरेको उल्लेख गर्दै स्वास्थ्यसेवालाई नाफासंग जोड्न नहुने बताउनु भयो । स्वास्थ्य सेवालाई सहज तथा सर्वशुलभ बनाउन प्रदेश सरकार प्रतिवद्व भएको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवाका लागि सरकारले नीजि क्षेत्रसंग सहकार्य गर्ने बताउनु भयो ।मन्त्री वरालले जवानी फर्काउने स्वास्थ्यसेवालाइ गरिवको पक्षमा काम गर्न आह्वान पनि गर्नु भयो ।

कार्यक्रममा प्रदेश सांसद माधव शर्मा र भोजप्रसाद श्रेष्ठले मानिसको सबै भन्दा ठूलो नै स्वास्थ्य भएकाले स्वास्थ्य सेवाका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भयो । कार्यक्रममा डाक्टर विक्रम ज्ञवाली, डाक्टर जश्मान शाक्य, डाक्टर नन्दा गुरुङ लगायतले बोल्दै लेजर सेण्टर खोल्नु कमाउने उद्देश्य मात्र नभइ सेवा दिने उद्देश्य रहेको बताउनु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरु गौतम, पत्रकार वालकृष्ण चापागाई, वरिष्ठ अधिवक्ता तेजप्रसाद कडेल, पुनराम पोखरेल लगायतले बोल्दै गुणस्तरीय सेवा दिन आग्रह गर्नु भएको थियो । यमबहादुर थापाको अध्यक्षता र ऋषि आजादको सञ्चालनमा कार्यक्रम भएको थियो ।