दशैँका लागि चिनियाँ तयारि पोशाक नेपाली बजारमा


सरस्वती न्यौपाने, रसुवा।

बडादशैं तथा दिपावलिको लागि नेपाली बजारमा चिनियाँ तयारि पोशाक भित्र्याएको छ। चिनको केरूङबाट आउने उक्त तयारि पोशाक रसुवागढि नाका हुँदै काठमाण्डु भित्रिसकेका छन् । चिनियाँ पोशाकको अत्यधिक माग बढेपछि कोट,ज्याकेट,पाईन्ट,आउटर,टिसर्ट,पेन्टि,ब्रा,लगेज,सर्ट,लगाएतका तयारि पोशाक भित्रिएको व्यापारीहरू बताउंछन ।

भन्सार प्नमुख अधिकृत पुण्य विक्रम खड्काले भने भुकम्पले नाका पुर्ण रूपमा बन्द भएतापनि केही समय पश्चात् खुलेको थियो र यहि भदौ २५ गते पहिरोले सडक भासिएपछि ११ दिनसम्म सडक अवरूद्व भएको थियो । भन्सार भएका ट्रकहरू रोकिएका थिए । सडक अहिले पुर्ण रूपमा सुचारू भईरहेको छ।