सडक दुर्घटना न्युनिकरण सम्वन्धि सरोकारवालाहरुसँग कार्यक्रम सम्पन्न


बासुदेब शर्मा, जाजरकोट ।
जाजरकोटमा सडक दुर्घटना न्युनिकरण गर्नको लागी जिल्ला प्रहरी कार्यालय जाजरकोटले सरोकारवालाहरुसँग भेरी नगरपालिका–४ शान्तिचौतारमा रहेको बसपार्कमा आईतबार कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटको आयोजना र स्थानीय यातायात व्यवसायी समितिको समन्वयमा सवारी चालक, सह–चालक र सरोकारवाला निकाय लगाएत यात्रुहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
जाजरकोट सदमुकाम खलंगा स्थित शान्तिचौतारा बसपार्कमा सडक दुर्घटना न्यूनिकरण सम्बन्धि कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएस्पी श्याम बहादुर खत्रीले जानकारी दिनु भयो । “सडक सभ्यता हाम्रो च।हाना, सुरक्षित यात्राको सबैमा शुभकामना ” भन्ने नारा सहित आयोजना गरीएको सडक दुर्घटना न्यूनिकरण सम्बन्धि कार्यक्रम आईतवार देखि देश व्यापी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खत्रीले जानकारी दिनु भयो ।
नेपालीहरुको महान चाडँ दशै तिहार नजिकिदै गरेकोले वाहिरबाट घर आउने यात्रुहरु धेरै हुने भएकोले सवारी साधन दुघर्टन हुने सम्भावना भएकोले सवारी दुर्घटना न्युनिकरण गर्न लगाएत यात्रुहरुलाई आवश्यक सहयोग गर्नको लागी नागरिक सहायता कक्षको उदघाटन गरेको प्रहरी प्रमुख खत्रीले वताउनु भयो ।
जाजरकोट बाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधानका चालक, सह–चालक, यात्रुहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले फुल माला र टीका लगाएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । यसै कार्यक्रमका विच बसपार्कमा यात्रुहरुको सहजताका लागी प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बसपार्कमा नागरिक यात्रु सहायता कक्षको उद्घघाटन गर्नु भएको थियो ।
सहायता कक्षको उद्धघाटन कार्यक्रममा प्रहरी निरीक्षक केशरबहादुर कार्र्कीले कार्यक्रममा उपस्थित सबैलाई सहभागीहरुलाई यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने भएकोले यसको प्रचार प्रसारमा जोड दिन सके मात्रै कार्यक्रमको उपलव्धि हुने बताउनु भएको थियो ।
जाजरकोटमा विगतका वर्षमा दुई वटा ठुला सडक दुर्घटनामा धेरैले ज्यान गुमाएका थिए । भविष्यमा यस्ता दुर्घटना हुन नदिन कार्यक्रम प्रभावकारी हुने स्थानीयले वताएका छन् । समय समयमा सरोकारवाला निकायहरुबाट यस्ता कार्यक्रमहरु संचालन गरे सवारी दुर्घटना न्युनिकरण हुने लगाएत यात्रुहरुले आरामदायी यात्रा गर्न पाउने थिए । जनतासग प्रत्यक्ष सम्वन्ध राखेका सरोकारका विषयमा कार्यक्रम गरिरहेको प्रहरी प्रमुख खत्रीले वताउनु भयो ।