स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी जनचेतना


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं स्थित संतुगलमा उमती महिला विद्यालय तथा आधार महिला समूहले महिलाहरुका लागि स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अर्वुद्ध रोग निवारण संस्था काठमाडौं जिल्ला शाखा र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको सहकार्यमा सम्पन्न गरिएको उक्त जनचेतना कार्यक्रममा महिलाहरुको पाठेघर क्यान्सर रोगको बारेमा तथा समस्या समाधानका उपायहरुको बारेमा छलफल गरिएको थियो ।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर, हरिसिंद्धी बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. अनु शाक्य र बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रफुल्ल शाक्यले स्तन क्यासन्सर रोग तथा समस्या समाधानका उपायहरु प्रस्तुतीकरण गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष अजय सिंह सुवालले कार्यक्रममा बोल्दै यस्ता स्वास्थ सिंविरले सहरी तथा ग्रामीण भेगका महिलाहरुमा निकै सहयोग पुग्ने बताउनुभयो ।

स्वास्थ क्षेत्रमा उल्लेखीय काम गर्दै आएको अर्वुद्ध रोग निवारण संस्थाले जनचेतनामूलक कार्यक्रमका अलावा पाठेघर क्यान्सर रोग पहिचान गर्ने यस्ता सिंविहरु संञ्चालन गर्दै आएको छ ।