प्रम ओलीमाथि गनन थापाको प्रश्न, ‘पूर्वराष्ट्रपतिको उपचार खर्च के आधारमा व्यहोरियो ?’


न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेस नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन् ।

मन्त्रिपरिषदको यसअघि बसेको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च व्यहोर्ने निर्णयप्रती उनले आपत्ती जनाएका छन् । विदेशको उपचार खर्च व्यहोर्ने निर्णय कानुनविपरीत भएको नेता थापाको भनाई छ ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन । पूर्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि यो कानून सबैलाई लाग्छ’, उपचार खर्च दिने सरकारको निर्णयप्रति प्रश्न गर्दै थापाले भनेका छन्, ‘सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?’

पूर्वराष्ट्रपति डा. यादवको पेटमा क्यान्सर देखिएपछि तीन वर्षअघि अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि डा. यादवले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन् ।