कुटिएका ज्ञानेन्द्र शाही भन्छन्,‘रेणु र योगेश मिलेर मलाई मार्न गुण्डा पठाए’ (भिडियोसहित)


न्युज अफ नेपाल, चितवन ।

भ्रष्टाचार विरुद्धको अभियान चलाइरहेका भनिएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । आक्रमणपश्चात उनी अहिले अस्पतालमा छन् । तर, उनी बोल्न सक्ने अवस्थामा छैनन् ।

उनी भन्छन,‘ चीतवनकी मेयर रेणु दाहाल र योगेशले गुण्डा लगाएर मलाई मार्न पठाए । सबै मिलेका छन ।’ भ्रष्टाचार अभियानसम्बन्धी एक कार्यक्रमा क्रममा शनिबार दिउसो चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको हो ।

पाँच छ जनाको संख्यामा आएको युवाको समूहले शाही माथि आक्रमण गर्दा उनी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । शाहीसँगै अन्य केही घाइते भएका थिए ।

शाही चढेको माइक्रो बसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् । केही दिन अगाडि नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई अपशब्द प्रयोग गरेको तथा हुलहुज्जत गरेको अभियोगमा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।

भिडियो