धादिङमा बस दुर्घटना,५ घाइते


सीताराम अधिकारी,धादिङ।उत्तरी धादिङको सेमजोङबाट धादिङबेसीर्फ आउँदै गरेको यात्रु बस आज दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

अत्याधिक गतिमा गुडेको बा ४ ख ५७९३ नं. कोयात्रुबाहक बस नेत्राबती डबजोङ गाउँपालिका वडा न. ५ केरुङ्जाबाट पल्टिँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

सडकबाट करिब ३ सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा तिनजना गम्भीर घाइते भएकोले थप पचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा पठाइएको छ ।

गाडी सहचालकले चलाएका कारण दुर्घटना भएको र आफू डरलागेर कटुन्जे बजारमा झरेको पाँच मिनेटमै बस दुर्घटनामा परेको कटुन्जेबाट सोही गाडीमा यात्रा गरेका भिमबहादुर तामाङले बताउनुभयो ।

आफूले अरु यात्रुलाई समेत सहचालकले चलाएकोले गाडीबाट झर्न भनेको भएपनि अरुले नमानी बसेका थिए । सोही गाडीबाट झरेर अर्को गाडीमा आएका भिम बहादुरले घाइेहरुको उद्धार गरेका थिए ।