चितवनमा यसरी कुटिए ज्ञानेन्द्र शाही (फोटो र भिडियोसहित)


न्युज अफ नेपाल, चितवन ।

आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले चितवनमा आक्रमण गरेको घटनाले सामाजिक सञ्जाल तताएको छ । एक कार्यक्रमका लागि भन्दै चितवन पुगेका शाहीमाथि शनिवार भरतपुरमा आक्रमण भएको हो ।

शाहीमाथि भएको आक्रमणको विषयलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

आक्रमणमा शाहीसँगै उनी पक्षका अन्य आठ जना घाइते भएका थिए । एक जना आक्रमणकारी श्याम थापा घाइते छन् ।

कार्यक्रमस्थल चौविसकोटीमा जाने क्रममा चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको थियो । ५ /६ जनाको संख्यामा आएको युवाको समूहले शाहीमाथि आक्रमण गरेको थियो । शाही चढेको माइक्रो बसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् ।

केही दिन अगाडि नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई अपशब्द प्रयोग गरेको तथा हुलहुज्जत गरेको अभियोगमा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।

भिडियो

फोटो