कुलेश्वर आवासीय बिद्यालय उद्घाटन


ईश्वरराज ढकाल,काठमाडौं । काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमारले काठमाडौ महानगरपालिका वडा नं. १४ स्थित कुलेश्वर आवासीय माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

 

 

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।

सन् १९८९ माकुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको यस कुलेश्वर आवास माध्यमिक विद्यालय सामुदायको सहयोगबाट सञ्चालित छ । विद्यालयमा ८ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत छन् । जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु सिमान्तकृत वर्गका छन् ।

भारत सरकारको ३ करोड ८६ करोड लाख अनुदान सहयोगमा निर्मित तीनतल्ले नया विद्यालय भवनमा २० वटा कक्षाकोठा छन् । विद्यालयको प्रत्येक तलामा छात्र छात्राका लागिछुट्टै शौचालय, अण्डर ग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था रहेको छ । विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो ।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमापूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशीव्यक्तगर्दछ ।